काठमाडौँ /५ माघ- पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तक छपाइ तथा वितरण गर्न इच्छुक मुद्रक तथा वितरकहरुलाई नविकरण तथा सूचिकरणका लागि प्रस्ताव पेस गर्न भनेको छ । कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक छपाई तथा वितरणको जिम्मा सरिकारले निजी छापाखानालाई दिने निर्णय गरेसंगै प्रस्तावका लागि आवेदन माग गरेको हो ।
पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७९ बमोजिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरको निर्णयानुसार शैक्षिक सत्र २०८१ का लागि देशभर कक्षा १ देखि कक्षा ४ सम्मका पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री निजी क्षेत्रका मुद्रक तथा वितरकबाट छपाइ गरी बिकी वितरण गर्न दिने निर्णय बमोजिम प्रस्तव माग गरेको छ ।
साथै शैक्षिक सत्र २०८० का लागि अनुमति पाएका फर्म–संस्थालाई नवीकरण गर्न तथा थप सूचीकृत हुन चाहने इच्छुक मुद्रक तथा वितरकले आफ्नो प्रोफाइलसहित केन्द्रबाट तोकिएको ढाँचामा १५ दिनभित्र आवेदन दिनुपर्ने सूचित गरेको छ ।
A Complete Education Website

Comments
Post a Comment