Skip to main content

Posts

Showing posts with the label Blogger

दुइ जुगकाे एक इतिहास माता इन्द्रमाया पौडेल

बैशाख, २१, २०७७ बन्दाबन्दीले अर्को राम्रो कामको थालनी भएछ अरुणिमा बस्ती कुसुन्तिमा: ज्येष्ठ नागरिक र कोलोनीका परिवारका अनुभव सुन्ने सुनाउने, अनि शारिरिक दुरी बढाउदै सामाजिक दुरी घटाउने गज्जव लाग्यो। यो हप्ता माताको जिवनको अनुभव सुनाउने कार्यक्रम रहेछ: दोस्रो विश्वयुद्दमा बर्मामा रहदा भोगेको जिवन, रामायण महाभारतका नसुनिएका कथा देखि युके अस्ट्रेलिय जादाका अनुभव सबै समेटिएको। तलको बिबरण पढ्दा भन्न मन लाग्यो- Welldone Arunima family and Salute Mata. So Proud of You. अरुणिमा चौतारी बहस श्रृंखला, ऐतिहासिक नवौँ संवाद सम्पन्न! आज बैसाख १९ गते शुक्रबार अरुणिमा चौतारी बहस श्रृंखला' को ऐतिहासिक नवौँ कार्यक्रम सम्पन्न भएकोछ। आजको कार्यक्रम धेरै अर्थमा ऐतिहासिक! आजको श्रोत व्यक्ति र प्रमुख बक्ता अरुणिमा बस्तीको सबैभन्दा ज्येष्ठ सदस्य ९७ बर्षीय माता इन्द्रमाया पौडेलज्यू र बहस सहजकर्ता जुलिया चित्रकार हुनुहुन्थ्यो। आजको प्रस्तुति र छलफलको केन्द्रविन्दु माता इन्द्रमाया पौडेलज्यूको दोश्रो विश्वयुद्धको समयको बर्माको अनुभव र अनुभूतिको बर्णन थियो। विश्वयुद्धको प्रारम्भिक कालक...